मिड सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन 

नेपालभ्युज

मिड सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २८ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरू ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीहरूलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरिएको थियो ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved