शिक्षा विधेयक : राहत शिक्षकले पनि स्थायीका लागि परीक्षा दिन पाउने

नेपालभ्युज

शिक्षा विधेयक : राहत शिक्षकले पनि स्थायीका लागि परीक्षा दिन पाउने
सांकेतिक तश्वीर

काठमाडौं । सरकारले राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले पनि स्थायी हुनका लागि परीक्षा दिन पाउने व्यवस्था ल्याएको छ ।

बुधबार संसदमा दर्ता भएको शिक्षा विधेयकअनुसार उनीहरुका लागि उमेर हद लाग्दैन । नेपालमा ४४ हजार राहत शिक्षक छन् ।

त्यस्तै विधेयकमा शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तरगतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ ।

त्यस्तै सरकारले शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय फेरि ब्यूँताउने प्रस्ताव गरेको छ । बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा केन्द्र सरकार मातहतका निकाय शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयलाई ब्यूँताउने प्रस्ताव गरिएको हो ।

विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव पर्ने गरी शिक्षक र शिक्षकको परिवारका सदस्यले समेत अभिभावकहरुबाट सापटी वा सहयोग लिन नपाउने गरी विधेयक तयार भएको छ ।

त्यस्तै सरकारले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावक बाहेक अरुलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्न नसकिने व्यवस्थालाई यथावत राख्नुपर्ने प्रस्ताव गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved