दशैंअगावै लाभांश बाँड्ने तयारीमा वाणिज्य बैंकहरू, कुनले कति देलान् ?

बैंक तथा वित्तीय संस्थाहरू धमाधम आफ्नो लाभांश घोषणा गर्ने तयारीमा जुटेका छन् । यस वर्ष लाभांश बाँड्न सक्षम वाणिज्य बैंकहरूले दशैंअगाडि नै लाभांश वितरण गरिसक्ने छन् ।

दशैंअगावै लाभांश बाँड्ने तयारीमा वाणिज्य बैंकहरू, कुनले कति देलान् ?

काठमाडौं । लाभांश वितरणको सिजन सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाहरू धमाधम आफ्नो लाभांश घोषणा गर्ने तयारीमा जुटेका छन् । यस वर्ष लाभांश बाँड्न सक्षम वाणिज्य बैंकहरूले दशैंअगाडि नै लाभांश वितरण गरिसक्ने छन् ।

गत आर्थिक वर्ष २०७९-८० मा कमाएको मुनाफा अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई लाभांश बाँड्नेछन् । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरूमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा पहिला आफ्नो लाभांश घोषणा गरेको छ । यस वर्ष माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बनेसँगै अन्य वाणिज्य बैंकहरूले पनि आफ्नो लाभांश वितरणको लागि राष्ट्र बैंकसँग प्रारम्भिक सहमति माग गरेका छन् ।

बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरणलाई अन्तिम रूप दिएर राष्ट्रबैंकमा पेस गरेका छन् भने केही पेस गर्ने तयारीमा रहेका छन् । पेस गरेको वित्तीय विवरणलाई राष्ट्रबैंकले स्वीकृति दिएपछि बैंकहरूले धमाधम लाभांश घोषणा गर्नेछन् ।

कुन बैंकले कति लाभांश देलान् ?

गत आर्थिक वर्ष २०७९-८० को तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले ७० अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७८-७९ को तुलनामा २६.९३ प्रतिशतले बढी हो । यस वर्ष सबैभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमतामा एभरेस्ट बैंक देखिएको छ भने लाभांश घोषणा गर्ने सबैभन्दा पहिलो बैंक माछापुच्छ्रे बैंक बनेको छ ।

माछापुच्छ्रे बैंक

यो वर्ष आफ्नो लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ । माछापुच्छ्रे बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १४ प्रतिशत (करसहित) लाभांश वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंकले प्रकाशित गरेको चौथो त्रैमासको वित्तीय विवरणअनुसार यस बैंकसँग असार मसान्तसम्म १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको देखिन्छ । चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँको आधारमा १५.२९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ ।

एभरेष्ट बैंक

यसवर्ष एभरेस्ट बैंक आफ्ना लगानीकर्ताहरूलाई सबैभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता भएको बैंकको रूपमा देखिएको छ । बैंकले गत आ.व.मा ४ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँको आधारमा यस बैंकसँग लगानीकर्ताहरूलाई ४०.५० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखिएको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकको गत आवको असार मसान्तसम्ममा वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँको आधारमा एनआईसी एसिया बैंकसँग ३१.९९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ ।

स्टयान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकको गत आवमा वितरण योग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख ३६ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँको आधारमा यस बैंकले आफ्ना सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ । स्टयान्डर्ड चार्टर्ड बैंक सबैभन्दा धेरै लाभांश बाँड्नसक्ने बैंकको सूचीमा तेस्रो नम्बरमा रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकको गत आवको असार मसान्तसम्म वितरण योग्य मुनाफा १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ रहेको तथ्याङ्क छ । २ अर्ब २० करोड ९६ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सानिमासँग १७.७३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकको गत आवमा २ अर्ब ७१ करोड ५६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रुपैयाँको आधारमा यस बैंकले आफ्ना लगानीकर्ताहरूलाई १४.९२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ ।

नबिल बैंक

नबिल बैंकको गत आवको असार मसान्तसम्म ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँको आधारमा नबिल बैंकले आफ्ना लगानीकर्ताहरूलाई १४.६४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । गत आवमा सर्वाधिक ७ अर्ब ५२ करोड नाफा गरेको नबिलको लाभांश वितरण क्षमता यस वर्ष भने करिब ५० प्रतिशतले घटेको छ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख ३६ हजार रुपैयाँ रहेको छ । बैंकसँग ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । सो आधारमा नेपाल एसबीआई बैंकले सेयर धनीलाई १३.९३ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको वितरण योग्य मुनाफा गत आवमा १ अर्ब ८१ करोड २८ लाख ७३ हजार रुपैयाँ रहेको छ । बैंकसँग १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । सोही आधारमा यस बैंकले ११.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखिन्छ । तर, सरकारी स्वामित्वमा रहेकाले यस बैंकले सर्वसाधारणहरूमा भने लाभांश वितरण गर्दैन ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको गत आवको असार मसान्तसम्ममा वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको यस बैंकसँग आफ्ना सेयरधनीलाई ५.६५ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ।

सिटिजन्स बैंक

सिटिजन बैंकको वितरणयोग्य मुनाफा असार मसान्तसम्म ९७ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको यस बैंकसँग ७.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ।

एनएमबि बैंक

एनएमबि बैंकको वितरणयोग्य मुनाफा गत आवको असार मसान्तसम्म १ अर्ब ५० करोड १८ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँको आधारमा बैंकले सेयर धनीलाई ८.१८ प्रतिशत लाभांश वितरणको क्षमता रहेको छ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकसँग गत आवको असार मसान्तसम्म २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको छ । बैंकको हाल कायम चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । सो आधारमा ग्लोबल आईएमई बैंकसँग ८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ ।

लक्ष्मी सनराइज बैंक

भर्खरै मात्र एक-अर्कामा गाभिएर एकीकृत कारोबार सुरु गरेका लक्ष्मी सनराइज बैङ्कको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख ३१ हजार रुपैयाँ रहेको छ । २१ अर्ब ६७ करोड २ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी सनराइज बैंकसँग ८.९४ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ ।

प्रभु बैंक

गत आर्थिक वर्षको असार मसान्तको वित्तीय विवरण अनुसार प्रभु बैंकसँग १६ करोड १६ लाख ५५ हजार रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ । चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको यस बैंकसँग ०.६९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखिन्छ ।

नेपाल इन्भेस्टन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको गत आवमा १५ करोड ८३ लाख ३८ हजार रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँको आधारमा यस बैंकसँग ०.४६ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ ।

प्राइम बैंक

प्राइम बैंकसँग गत आवको असार मसान्तसम्म २० करोड ४८ लाख ३९ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको छ । चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ रहेको यस बैंकसँग १.०६ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ ।

कुमारी बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्म कुमारी बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ रहेको छ । जुन ऋणात्मक मानिन्छ । कुमारी बैंकको कायम चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेकाले बैंकले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने क्षमता ऋणात्मक रहेको छ ।

हिमालयन बैंक

गत आवको असार मसान्तसम्ममा हिमालयन बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ अर्थात् ऋणात्मक रहेको छ । बैंकको कायम चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ मात्र भएकाले बैंकले आफ्ना सेयर धनीलाई लाभांश दिने क्षमता ऋणात्मक देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved