शोकाकुल च्यासल (तस्वीहरू)

नेकपा (एमाले) को मुख्यालय च्यासल अहिले शोकाकुल छ । गएराति भौतिकरूपमा अस्ताएका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्यहाँ राखिएको छ ।

शोकाकुल च्यासल (तस्वीहरू)

काठमाडौं । नेकपा (एमाले) को मुख्यालय च्यासल अहिले शोकाकुल छ । गएराति भौतिकरूपमा अस्ताएका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्यहाँ राखिएको छ ।

श्रद्धाञ्जली दिनका लागि एमाले नेताहरूसँगै अन्य दलका नेताहरू पनि लामबद्ध भएका छन् । त्यसो त नेम्वाङ एमाले उपाध्यक्ष मात्रै होइनन् । उनी लामो समययता विभिन्न राजकीय पदमा रहेर भूमिका निभाइसकेका नेता हुन् ।

उनी विभिन्न मितिमा संसदीय समिति सभापति, मन्त्री, सभामुख, संविधानसभा अध्यक्षसम्मको भूमिकामा रहेर काम गरिसकेका नेता हुन् । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ ।

अहिले पनि नेम्वाङलाई श्रद्धाञ्जली दिने क्रम जारी छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टी अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँगै मन्त्री, सांसद तथा नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

परिवारले मुन्धुम प्रक्रियाबाट नेम्वाङको अन्त्येष्टि गर्न चाहेको छ । छोराहरू देशबाहिर छन्, उनीहरू फर्किएपछि उनको अन्त्येष्टि हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved