शाहरुखको फिल्म ‘जवान’सँग जोडिएका रोचक कुरा

नेपालभ्युज

शाहरुखको फिल्म ‘जवान’सँग जोडिएका रोचक कुरा

एजेन्सी । बलिउडका बादशाह शाहरुख खानको फिल्म ‘जवान’ले अहिले सिनेमाघरमा तहल्का मच्चाइरहेको छ । यो फिल्ममा शाहरुखलाई थुप्रै प्रकारका लुक्समा देख्न सकिन्छ ।

जानौं यस फिल्मसँग जोडिएका केही रोचक कुरा ।

  • जवान फिल्ममा शाहरुखसँग साउथकी चर्चित अभिनेत्री नयनतारा र विजय सेतुपतिलाई देख्न सकिनेछ ।
  • जवानमा शाहरुख खानले डबल रोलमा भूमिका निर्वाह गरेका छन् । यसमा उनी बाउ र छोरा दुवैको रोलमा देखिएका छन् ।
  • शाहरुखले यस फिल्ममा कमान्डोको भूमिका निर्वाह गरेका छन् । अभिनेता विक्रम नामक युवकको भूमिका गलत कुरालाई सुधार्नका लागि महिलाको एउटा समूह बनाएर निस्कन्छ ।
  • शाहरुख यस फिल्ममा विभिन्न रुपमा देखिनेछन् । उनी यस फिल्ममा विभिन्न ६ वटा रुपमा देखिएका छन् ।
  • शाहरुखको फिल्म करिअरकै सबैभन्दा महंगो फिल्म हो यो । खबरअनुसार यस फिल्मको कुल बजेट लगभग ३ सय करोड भारतीय रुपैयाँ हो ।
  • फिल्म जवानमा अभिनेत्री दीपिका पादुकोण पनि देखिएकी छन् । यसमा उनको विशेष खालको सानो भूमिका छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved