नेपाल एयरलाइन्सको नियमित सेवा अब साउदीको दमाममा

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा नियमित उडान सुरू गरेको छ।

नेपालभ्युज

नेपाल एयरलाइन्सको नियमित सेवा अब साउदीको दमाममा

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा नियमित उडान सुरू गरेको छ।

निगमले गत बुधबारदेखि काठमाडौं–दमाम–काठमाडौं सिधा उडान सुरू गरेको हो।

निगमका अनुसार बुधबार राती १०ः४० मा भएको उडानमा १ सय २६ यात्रु थिए भने दमामबाट काठमाडौं फर्किंदा १ सय १७ जना थिए।

निगमका प्रवक्ता रमेश पौडेलले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने जानकारी दिए। बजार माग र निगम बजार व्यवस्थापनअुनसार उडान संख्या बढाउँदै लैजाने उनको भनाइ छ।

टिकट अनलाइन र नजिकको ट्राभल एजेन्सीमार्फत् लिन सक्ने निगमले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved