यादवमाथि भएको आक्रमणप्रति कांग्रेसको आपत्ति, देउवा पुगे ट्रमा सेन्टर

नेपालभ्युज

यादवमाथि भएको आक्रमणप्रति कांग्रेसको आपत्ति, देउवा पुगे ट्रमा सेन्टर

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै घटनाको निन्दा गरेको छ ।

घटनाको कांग्रेसले घोर निन्दा गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमणपछि घाइते यादवको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ

यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

यादवलाई भेट्न कांग्रेस सभापति देउवा ट्रमा सेन्टर गएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved