पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा युवा संघको प्रदर्शन (तस्वीरहरु)

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार गत बिहीबार  पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा युवा संघको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

शनिबार  काठमाडौको बिजुलीबजारमा मसाल जुलुस प्रदर्शन गर्दै युवा संघले  विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले मसाल जुलुशसंगै प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला  जलाएका छन् ।

प्रहरीले मसाल खोस्ने क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो।

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार गत बिहीबार  पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर रू ४, डिजेल र मट्टितेलमा प्रतिलिटर रू ३ र एलपी ग्यास प्रतिसिलिन्डर  रू २३५ वृद्धि भएको छ।

तस्वीरहरु-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved