दलाल पुँजीवादी शक्ति मुख्य खतरा छ : माधव नेपाल

नेपालभ्युज

दलाल पुँजीवादी शक्ति मुख्य खतरा छ : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरूका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखापरेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवि नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताए ।

उनले देशको अर्थतन्त्रको विकासमा अनेकौं बाधा व्यवधान खडा भएको बताए । उनले देशमा सुशासनको प्रत्याभूति गर्ने कुराहरूमा पनि अनेक व्यवधान खडा भइरहेको बताए । प्रतिकुल काम गर्ने र अवरोधमुलक काम गर्नेहरूसँग जुध्नुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष नेपालले नेता, कार्यकर्ताहरू घुलमिल हुनुपर्ने आवश्यकता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved