गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्छौंः प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् ।

उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताए । उनले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताए । उनले यो भन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताए

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताए। उनले  तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताए। प्रधानमन्त्री दाहालले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढी सकेको बताए। उनले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गरे ।

उनले भने,‘ अगाडि बोल्ने नेताहरुले प्रधानमन्त्रीको हैसियतमा गौरा पर्वको विषयमा केही घोषणा गर्नुपर्ने कुरा राख्नुभएको छ । हिजो मात्रै मन्त्रीपरिषद् बैठकमा यो कुरा चलेको छ, सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्र्रष्ट गरेका छौं ।’

‘आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिने घोषणा गर्न चाहन्छु । डा. भीम रावलले पहिला बिदा दिएको थिए भन्नुभयो । म त्यो फाइल हेर्छु र बिदा दिने विषयमा शेरबहादुर देउवाले भनेको जस्तो तिथि किटान होस् विदाको घोषणा गरिने विश्वास दिलाउँछु ।’

उनले भने, ‘सुदूरपश्चिममा पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउने मैले जमरको गरेको थिए । तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा धेरै कुरा भएका छन् ।’

गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढी सकेको बताउँदै उनले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास व्यक्त गरे ।

उनले सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिम केन्द्रित रहेर काम गरिरहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved