ट्रिनिडाड एन्ड टोबागोमा अलपत्र तीन नेपालीको उद्धार

नेपालभ्युज

ट्रिनिडाड एन्ड टोबागोमा अलपत्र तीन नेपालीको उद्धार

वासिङ्गटन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एन्ड टोबागो देशमा अलपत्र परेका तीन नेपाली महिलाको उद्धार गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ्ग तामाङ्ग, तीर्था लामा वाइवा र याङ्गेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको डिसीस्थित दूतावासले जनाएको छ ।

उनीहरू बिहीबार र शनिबार काठमाडौं पुग्ने दूतावासले जानकारी दिएको छ । दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरूले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्द गरेका थिए । त्यसले उनीहरूको अध्यागमनमा कठिनाइ उत्पन्न भएको थियो ।

ट्रिनिडाड एन्ड टोबागो सरकार र त्यहाँ रहेका नेपालीले उनीहरूलाई उद्धारमा सहयोग गरेका थिए ।

अमेरिकास्थित नेपाली दूतावासले पर्यटक भिसामा क्यारिबियन देशमा यात्रा गर्दा उनीहरूले भिसा आवेदनका साथ फारम भर्दा अपनाएको पर्यटक भिसा र अन्य भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्नसमेत अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved