सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै मान्डु हाइड्रोपावर

नेपालभ्युज

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै मान्डु हाइड्रोपावर

काठमाडौं । मान्डु हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसंगै कम्पनीले सर्वसाधारणका लागि पनि आइपीओ खुलाउने भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आइपी बिक्रीको अनुमति पाएको थियो ।

जसमध्ये आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । त्यस्तै २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्टाइएको छ भने ७२ हजार १३३ कित्ता सामूहिका लगानी कोषहरूमा बाँडफाँट गरिएको छ ।

७९ हजार ३० कित्ता आइपीओ भने बिक्री हुन सकेन । सोही बिक्री हुन नसकेको आइपीओसमेत जोडेर १२ लाख ५ हजार ३२० कित्ता आईपीओ सर्वधारणका लागि जारी गर्न लागेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आइपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ २४ गतेसम्म बिक्री अवधि लम्बिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved