३ वर्षअघि भाइ मारिएका बिहारका पत्रकार विमलकुमारको पनि गोली हानी हत्या

नेपालभ्युज

३ वर्षअघि भाइ मारिएका बिहारका पत्रकार विमलकुमारको पनि गोली हानी हत्या

काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ।

बिहारको अररिया जिल्लामा शुक्रबार बिहानै अज्ञात समूहले दैनिक जागरण पत्रिकाका संवाददाता विमलकुमार यादवलाई गोली हानेको बीबीसी हिन्दीले जनाएको छ ।

चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएका थिए। उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएका थिए । गोली लागेका विमलको घटनास्थलमै मृत्यु भएको हो।

सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो। उक्त हत्याका एक मात्र साक्षी विमल थिए। विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved