प्रधानमन्त्री प्रचण्डले भने – सुन तस्करी प्रकरणमा महरामाथि पनि अनुसन्धान अघि बढ्छ

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले भने – सुन तस्करी प्रकरणमा महरामाथि पनि अनुसन्धान अघि बढ्छ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणमा जोडिएका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि अनुसन्धान हुने बताएका छन्।

महरा र उनका छोरा राहुलको कनेक्सन देखिँदा पनि प्रहरीले उनीहरूलाई सामान्य सोधपुछसमेत नगरेको अवस्थामा बालुवाटारमा पत्रकारहरूसँग प्रचण्डले सबैमाथि छानबिन हुने बताए।

महरा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन लुकाएर तस्करी गरेको प्रकरणमा जोडिएका छन्। अनुसन्धानमा महराका बाबुछोराले तस्करी गर्ने गिरोहसँग पटक–पटक फोन सम्पर्क भएको देखिएको छ।

तैपनि किन अनुसन्धान भएन भन्ने प्रश्नमा प्रचण्डले भने ‘‘सायद अब अनुसन्धान र अभियोजन पनि अघि बढ्छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved