कांग्रेस बैठक : सरकार पूर्वाग्रही भएर सांसद शर्मालाई पक्राउ गर्‍यो

नेपालभ्युज

कांग्रेस बैठक : सरकार पूर्वाग्रही भएर सांसद शर्मालाई पक्राउ गर्‍यो

काठमाडौं। नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ। शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेको ठहर गरेका हुन्।

सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषय राखेका थिए। त्यही रिसिइबी साँधेर पक्राउ गरिएको बैठकमा चर्चा भयो।

सांसद अर्जुननरसिंह केसीले सांसद शर्मा पक्राउ शंकास्पद रहेको बताए। ‘सुन प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको हुनाले सांसद शर्मालाई पक्राउ गरिएको त होइन?,’ केसीले आशंका व्यक्त गरे।

सांसद श्याम घिमिरेले शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved