गर्भपतन गराउन मेरी स्टोप क्लिनिक पुगेकी महिलाको मुत्यु

आफन्त आन्दोलित, क्लिनिक सञ्चालक पक्राउ

गर्भपतन गराउनका लागि धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिक पुगेकी एक महिलाको ज्यान गएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १२ जुगेडाकी ३४ वर्षीया प्रिती थापाको ज्यान गएको हो ।

नेपालभ्युज

गर्भपतन गराउन मेरी स्टोप क्लिनिक पुगेकी महिलाको मुत्यु

धनगढी । गर्भपतन गराउनका लागि धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिक पुगेकी एक महिलाको ज्यान गएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १२ जुगेडाकी ३४ वर्षीया प्रिती थापाको ज्यान गएको हो ।

बुधबार गर्भपतनका लागि धनगढीको मेरी स्टोप क्लिनिक पुगेकी थापालाई केही औषधिसहित घर पठाएको आफन्तहरुले बताएका छन् । क्लिनिकले हिजो बोलाएर थप औषधि चढाएको मृतक प्रितीका मामा गोपाल ऐरले बताए ।

‘गर्भपतनका लागि बुधबार मेरी स्टोप क्लिनिक पुगेकी भान्जीलाई केही औषधि दिएर हिजो घर पठाइयो’, उनले भने, ‘आज फेरि औषधिका लागि बोलाएको थियो, औषधि दिएछ तर फरक औषधि दिइयो कि, ओभर डोज भयो भान्जीलाई गाह्रो भएर क्लिनिककै मान्छेले सेती अस्पताल लगेका थिए, भान्जीको उतै मृत्यु भयो ।’

‘स्वस्थ रहेकी भान्जीलाई औषधि दिएरनै मृत्यु भयो, यो सरासर क्लिनिकको लापरबाही हो’, उनले भने ‘एक्सरेका लागि एकातिर अनि औषधिका लागि अर्कोतर्फ क्लिनिकले पठाइरहेको थियो । कमजोरी क्लिनिककै हो, यसको सबै जिम्मा लिनुपर्छ र कडा कार्बाहीको पनि हामी माग गर्दछौँ ।’

मृतक प्रितीका आफन्त कुबेर खड्काले अवैधानिक तरिकाले गर्भपतन गराउने मेरी स्टोप क्लिनिक सञ्चालकलाई कडा कार्वाहीको माग गरेका छन् । यो निजि क्लिनिकले गर्भपतनको अनुमती कहाँबाट पायो यो सरकारले जवाफ दिनुपर्छ ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि सेती अस्पताल पुगाएकी प्रितीको हिजो करिब साढे ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताए । आशिका ओझा जोशीको नाममा रहेको क्लिनिक आशिका र उनका श्रीमान बिनोद जोशीले सञ्चालन गर्दै आएको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।

गर्भपतन गराउन क्लिनिक गएकी धनगढीकी एक महिलाको मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । कैलाली प्रहरीका अनुसार अस्पताल लाइनमा रहेको उक्त क्लिनिकमा बिहिवार बिहान थापा गर्भपतन(क्यूरेट) गर्न गएकी थिइन् । उनलाई क्लिनिकले औषधि दिएको थियो ।

संञ्चालक प्रहरी नियन्त्रणमा

मेडिकल सञ्चालकमध्येका एकजना गोदावरी नगरपालिका २ बस्ने विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रिती थापाको मृत्युपछि फरार भएका सञ्चालक जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कुलदिप चन्दले बताए ।

‘औषधि सञ्चालकको वैधानिकता के हो ? उसको लापरवाही हो होइन’, भन्ने लगायत विषयमा पिडीतहरुले जान्न चाहेको चन्दले बताए । घटनापछि मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरु मृतक प्रितीलाई न्याय माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved