साथी हुँदै दुश्मन बनेका थिए यी बलिउड सेलिब्रेटी

नेपालभ्युज

साथी हुँदै दुश्मन बनेका थिए यी बलिउड सेलिब्रेटी

एजेन्सी । बलिउड कलाकारहरु आफ्ना फिल्मसँगै एकअर्काबीचको व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा आइरहन्छन् ।

मित्रता दिनको अवसरलाई लिएर यहाँ केही कलाकारहरुका बारेमा रिपोर्ट तयार गरिएको छ । जो एक जमानामा एकदमै घनिष्ट मित्र थिए पछि गएर दुश्मन जस्तो व्यवहार गर्न थाले ।

ती बलिउड कलाकारहरु एकअर्काको अनुहार हेर्न समेत मन पराउन छोडे । त्यस्ता कैयौं कलाकारहरु छन् जो पहिला एकदमै घनिष्ट मित्र बने र पछि गएर दुश्मन जसरी सम्बन्ध टुंग्याए । यस लिस्टमा करीना कपूर र शाहिद कपूर सहित अन्य बलिउड कलाकार पनि छन् ।

दीपिका पादुकोण–कटरीना कैफ

कैटरीना कैफ र दीपिका पादुकोणको मित्रता एकदमै चर्चामा रहन्थ्यो । तर यी दुईबीच दुश्मनी त्यतिबेला भयो जब कैटरीना कैफ र रणबीर कपूरको सम्बन्धको चर्चा मिडियामा आयो । किनकी कैटरीना भन्दा पहिला रणबीर कपूरको दीपिका पादुकोणसँग अफेयर थियो ।

ऐश्वर्या राय–रानी मुखर्जी

ऐश्वर्या राय र रानी मुखर्जीबीच पनि एकदमै राम्रो मित्रता थियो । तर शाहरुख खानको फिल्म चलते चलतेमा ऐश्वर्या रायलाई निकालेर जब रानी मुखर्जीलाई लिइएको थियो त्यसपछि दुबैको मित्रतामा खटास आयो । त्यसपछि ऐश्वर्या रायले आफ्नो विवाहमा पनि रानी मुखर्जीलाई बोलाइनन् । त्यसपछि उनीहरुको सम्बन्धी पहिला जस्तो रहेन ।

कपिल शर्मा–सुनील ग्रोवर

कपिल शर्मा र सुनील ग्रोवरबीच एकदमै गहिरो मित्रता थियो । तर फ्लाइटमा भएको झगडापछि दुबैको मित्रतामा दरार आयो । कपिल शर्मा र सुनील ग्रोवर राम्रो साथीबाट दुश्मनमा बदलिएर । तर समयसँगै साथी नबनेपनि दुश्मनी पनि कम भयो ।

अमिताभ बच्चन–शत्रुघन सिन्हा

यस लिस्टमा अमिताभ बच्चन र शत्रुघन सिन्हाको नाम पनि सामेल छ । अमिताभ र शत्रुघन सिन्हा कुनै जमानामा एकअर्काका एकदमै जिक्री साथी थिए । यी दुबैको मित्रताको मिसाल पनि दिइने गरिन्थ्यो ।

तर जब अमिताभ बच्चनले आफ्नो छोरा अभिषेक बच्चनको विवाहमा शत्रुघन सिन्हालाई बोलाएनन् । त्यसपछि शत्रुघन सिन्हाले नराम्रो मानेका थिए । त्यसपछि दुबैको मित्रतामा दरार आयो ।

शाहिद कपुर–करीना कपुर

शाहिद कपूर र करीना कपूरको जोडी धेरैले मन पराउँथे । शाहिद कपूर र करीना कपूरको अफेयरको खबर पनि आएको थियो । तर पछि दुबैबीच बे्रकअप भएपछि सबै परिवर्तन भयो ।

दुबैले एकअर्कालाई लामो समयसम्म डेट गरेका थिए । तर दुबैको पछि बे्रकअप भयो । उनीहरुको बे्रकअपको खबरले सबैलाई चकित बनाएको थियो । त्यसपछि दुबैले एकअर्काको अनुहार समेत हेर्न मन नपराउने भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved