कैलालीको भजनी गाउँ डुबानमा, गाउँले सडकमा (तस्वीरहरु)

नेपालभ्युज

कैलालीको भजनी गाउँ डुबानमा, गाउँले सडकमा (तस्वीरहरु)

भजनी। सोमबारदेखि परेको अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ। बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा हजारभन्दा बढी नगरका बासिन्दा प्रभावित भएका छन्।

नगरपालिकाका प्रवक्ता एवं वडा नंम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पूरै नगरपालिका नै प्रभावित भएको जानकारी दिए । हालसम्म एक हजारभन्दा बढी घरधुरी प्रभावित भएको बताउँदै उनले उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए।

नगर प्रवक्ता चौधरीले भने, ‘कोही सेफ हाउसमा गएका छन्। कोहीले हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएका छन् । यो क्रम बढ्दो छ । हामी तथ्याङ्क लिने क्रम पनि जारी राखेका छौ ।’

यसैबीच उनले उद्धार र राहतमा कुनै निकायले सहयोग नगरेको बताए। नगरपालिकाकाकै सीमित साधन स्रोतबाट रातदिन नभनी काम जारी राखेको बताउँदै अन्य निकायबाट सहयोगको अपिल समेत गरे ।

भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । अहिले प्रदेश सरकारका केही मन्त्री,सांसद, प्रमुख जिल्ला अधिकारी लगायतले त्यहा अवलोकन तथा निरीक्षण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved