ठाउँ ठाउँमा पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक बन्द

बिहानैदेखि डिभिजनको मेशिनबाट पहिरो पन्छाउने कार्य भैरहेको कार्यालयले जनाएको छ ।

नेपालभ्युज

ठाउँ ठाउँमा पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक बन्द

काठमाडौं । मुग्लिन नारायणगढ सडक बन्द भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो जाँदा मुग्लिन नारायणगढ सडक विहानैदेखि बन्द भएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

कालीखोला लगायत अन्य स्थानहरूमा पहिरो जाँदा सडक अवरुद्ध भएको  हो । बिहानैदेखि डिभिजनको मेशिनबाट पहिरो पन्छाउने कार्य भैरहेको कार्यालयले जनाएको छ ।

थप पहिरो नआए पहिरो पन्छाउन करिब ३ घण्टा समय लाग्ने अनुमान छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved