महाकालीमा बाढी, सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

महाकालीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षापछि महाकाली नदीमा बाढी आएको छ । बाढी बढ्दै गएपछि स्थानीय प्रशासनले नदीतटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रले महाकाली नदीको जलसतह बढेको जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागले पनि आज बिहान सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सकर्तता अपनाउन आग्रह गरेको छ ।

दिउँसो १ बजेसम्म बाढीको बढी जोखिम रहेको जनाइएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने मौसमविद्को अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved