बाढीसम्बन्धी एसएमएसमार्फत जनधनको क्षति न्यूनीकरण गर्दे एनसेल

नेपालभ्युज

काठमाडौं । एनसेलले हरेक वर्ष बाढी–पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएसमार्फत पूर्व सूचना प्रवाह गर्दै जनधनको क्षति न्युनिकरण गर्न योगदान पुर्याउँदै आएको छ ।

यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा ४४ लाख वटा भन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्व सूचना प्रवाह गरेको जनाएको छ ।

यो वर्ष एसएमएसमार्फत पुर्व सूचना प्रवाह गरिएका क्षेत्रहरुमा नारायणी, कन्काई, बाग्मती, बबई, राप्ती, कोशी, कर्णालीलगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेका छन् । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्व सूचना प्रवाह गर्दै आएको छ ।

एनसेल र विभागको यस पूर्व सूचना प्रणाली सहकार्य अन्तर्गत एनसेलले विषेशगरी वर्षायाममा जोखिम सम्बन्धी पूर्व सूचना एसएमएसमार्फत प्रवाह गर्दै आएको छ । यो पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न संघ–संस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएसमार्फत पाउँछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने- ‘नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैं प्रतिबद्ध छ । हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्व सूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुसी छौं । एनसेल र विभागबीचको यो सहकार्य, सार्वजनिक–निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेको छ ।’

जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्रि स्टेसनहरुमार्फत नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्दा–भिन्दै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिति र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार सम्भवत सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत बाढीको जोखिम सम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यममध्ये एक बनेको छ । यस महान् कार्यमा सहकार्यका लागि महाशाखाले एनसेललाई धन्यवाद दिएको छ । महाशाखाका अनुसार जोखिम क्षेत्र भनेर पहिचान गरिएका क्षेत्रहरुभित्र रहेका जनसमुदायबाहेक राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र जस्ता विपद् जोखिम न्युनिकरण कार्यमा संलग्न संस्थाहरु पनि आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि यस्ता एसएमएस अलर्ट पठाइन्छ ।

एनसेल र विभागको निरन्तर सहकार्य अन्तर्गत गतवर्ष एनसेलले ७८ लाखभन्दा बढि यस किसिमका पुर्व सूचना बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई प्रवाह गरेको थियो । सन् २०७३ मा प्रारम्भ भएको यस सहकार्यलाई सन् २०७५ मा एनसेलले विपत् पुर्वतयारीलाई थप प्रभावकारी बनाउँदै नयाँ समझदारी गरेको थियो ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा जनमानस र समुदायलाई सेवा पुर्याउन एनसेल सदैव तत्पर छ र जल तथा मौसम सम्बन्धित अन्य विपद्हरुमा पनि पूर्व सूचना प्रणाली लागू गर्नका लागि सम्भावनाहरुमाथि अध्ययन भईरहेको छ । पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनिकरणमा थप योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गरेसँगै एनसेलले त्यस्ता स्टेसनहरुलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जानेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved