‘खतरों के खिलाडी’ फेरि बन्यो नम्बर एक

नेपालभ्युज

‘खतरों के खिलाडी’ फेरि बन्यो नम्बर एक

एजेन्सी। बलिउड फिल्म निर्माता तथा निर्देशक रोहित शेट्टीले हरेक वर्ष ‘खतरों के खिलाडी’ लाई होस्ट गर्छन् ।

यही कारणले पनि यस शोलाई धेरैले मनपराउँछन् । यसपटक पनि यसको १३औं सिजनलाई पनि नम्बर एक सो बनाएका छन् ।

यसको जानकारी रोहित शेट्टीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पनि सेयर गरेका छन् भने अन्य सबैलाई आभार प्रकट गर्दै धन्यवादसमेत दिएका छन् ।

यो शो मा सबैभन्दा दर्शकलाई यहाँ हुने स्टन्टहरू मन पर्छन् । प्रतियोगीहरूको मेहनत पनि धेरैलाई मनपर्छ । खतरों के खिलाडीका लागि हरेक पटक फरक-फरक स्थानमा सुटिङ गरिन्छ । यसपटकको सुटिङ साउथ अफ्रिकामा भएको छ । यही सबै कन्टेस्टेन्टहरू सुटिङका लागि पुगेका थिए ।

तपाईंलाई बताइहालौं रोहित शेट्टीले आफ्नो शोका लागि सधैं यसरी नै विभिन्न स्थानहरू खोज्छन् जहाँ प्रतियोगीहरूलाई पनि मनपरोस् र सुटिङ गर्न पनि सजिलो होस् ।

खतरों के खिलाडी १३ मा यसपटक धेरै महिला प्रतियोगी देखिएका छन् । जसमा डेजी शाह, अर्चना गौतम, अञ्जली आनन्द, न्यारा एम बनर्जी, अन्जुम फकीह, रुही चतुर्वेदी, ऐश्वर्या शर्मा, रश्मित कौर, मौफकीर स्टन्ट गरेका देखिन्छन् । हावामा उड्ने, पानीभित्र स्टन्ट गर्ने यहाँसम्म कि जनावरहरूसँग पनि उनीहरूले स्टन्ट गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved