काठमाडौं। थापागाउँस्थित मण्डला थिएटरमा १० बर्षे सशस्त्र द्वन्द्वको घटना-परिघटनामा आधारित नाटक ‘युद्धका घाउहरू २.०’ को मञ्चन सुरु भएको छ।
यो नाटक नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका, यौनिक हिंसामा परेका, विस्थापन भएका, अङ्गभङ्ग तथा शारीरिक यातना भोगेका आदि कथामाथि केन्द्रित छ।
यस नाटकले ती युद्धका घाउहरू अझै अस्तित्वमा छन् भन्नेतर्फ सूचित गरेको छ।
यस नाटकलाई सामाजिक रूपान्तरण तथा शान्ति निर्माणका लागि रंगमञ्च शीर्षकमा सञ्चालित मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीहरूले तयार पारेका छन्।
प्रशिक्षण कै क्रममा विद्यार्थीहरूले तयार पारेको युद्धका घाउहरू नाटकको विस्तारित रूप हो , ‘युद्धका घाउहरू २.०’।
यस नाटकलाई २४ जुलाई, २०२३ मा एकाडेमिक थेस्पियन्स् थिएटर फेस्टिभल कोलम्बोमा समेत मञ्चन गरिएको थियो।
अन्जान प्रदीपको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा आदित्य मिश्रा, अकाश नेपाली, अनिल कुम, निरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत, सुमित्रा पेहिम र सुस्मिता पोखरेलको अभिनय रहेको छ।
साउन १६ गतेदेखि मञ्चन भएको नाटक सोमबार बाहेक हरेक दिन साँझ ५ -३० बजे मञ्चन हुनेछ। शनिवार १ बजे अतिरिक्त शाे मञ्चन हुने नाटक, यही साउन २१ गतेसम्म मञ्चन हुने छ।
attachments
Facebook Comment
Comment