यस्तो समस्यामा मही पिउदा हुनेछ हानिकारक

नेपालभ्युज

यस्तो समस्यामा मही पिउदा हुनेछ हानिकारक

एजेन्सी । त्यसो त मही पिउनु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर केही स्थितिमा यसलाई पिउनु तपाईंका लागि नोक्सानदायक हुन सक्छ ।

आउनुहोस् जानौं कस्तो स्थितिमा मही पिउनु हानिकारक हुन सक्छ ।

  •  ल्याक्टोज इनटलरेन्सबाट पिडित व्यक्तिले मही पिउनु हुँदैन । खासगरी महीमा ल्याक्टोज नामक प्राकृतिक चिनी हुन्छ, जसलाई यस्ता व्यक्तिले पचाउन गाह्रो हुन्छ ।
  •  जोर्नी दुख्ने व्यक्तिले डेयरी प्रोडक्ट्सबाट बच्ने सल्लाह दिइन्छ । जोर्नी तथा मांसपेशीहरुको दुखाईमा महीको सेवन गर्दा दुखाई र सुन्निने समस्या अझै बढ्न सक्छ ।
  •  रुघाखोकी लागेको बेला पनि महीको सेवन गर्नु नोक्सानदायक हुन स्क्छ । मही चिसो हुन्छ त्यसैले यसले रुघाखोकी झनै बढ्ने सम्भावना हुन्छ ।
  •  मुटुको रोगीहरुका लागि पनि मही नपिउने सल्लाह दिइन्छ । खासगरी यसमा स्याचुरेटेड फ्याटको मात्रा हुन्छ, जो शरीरमा फ्याटसँग कोलेस्ट्रोललाई पनि बढाउन सक्छ । जसले गर्दा मुटुमा नोक्सान पुग्छ ।
  •  एग्जिमा छाला सम्बन्धी रोग हो जसमा मही तथा अन्य डेयरी प्रोडक्ट्सबाट बच्ने सल्लाह दिइन्छ । यसलाई पिउँदा कैयौंपटक छाला चिलाउने तथा रातो हुने समस्या हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved