बिहार संग्रहालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने

नेपालभ्युज

बिहार संग्रहालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने

काठमाडौं । बिहार संग्रहालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने भएको छ । भारतको बिहार संग्रहालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रर्दशनीमा नेपालले भाग लिने भएको हो ।

नेपाल कला परिषदले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औपचारिक जानकारी गराएको छ ।

यही श्रावण २२ गतेदेखि असोज २० गतेसम्म आयोजना हुने सो प्रर्दशनीका लागि नेपालले ६६ वटा कलाकारका २०५ वटा उत्कृष्ट कला र संस्कृति झल्काउने खालका तस्वीरहरु प्रदर्शनीका लागि पठाउने काम भइसकेको पनि परिषद्का अध्यक्ष सागरसमशेर जबराले बताए ।

नेपाललाई सो प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्वीरहरु प्रदर्शन गर्ने अवसर सो संग्राहलयले उपलब्ध गराएको छ । नेपालको कला र संस्कृतिलाई फेरि विश्वमाझ अझ परिचित गराउने अवसर सो प्रदर्शनीबाट हुने विश्वास समेत परिषदले लिएको छ । अध्यक्ष जबराले त्यो काममा व्यापक प्रचार तथा प्रसार गरिदिन पनि नेपालका सञ्चार माध्यामहरुलाई आग्रह गरे।

‘२०५ जना आर्टिष्टहरुको ६६ वटा आर्टसहितको हाम्रो त्यहाँ बृहत प्रदर्शनी हुँदैछ, अन्तर्राष्ट्रिय स्तरमै हुने इक्जिविशनमा हाम्रो एउटा राम्रो प्रतिनिधित्व होस् भन्ने चाहन्छौं’ उनले भने, ‘यसैकारण यो एउटा विशेष एक्जिविशन छ । त्यसमा हाम्रो आर्ट, कल्चर प्रमोशन गर्नमा यहाँहरुको ठूलो हात छ । हाम्रो राजनीतिले र सरकारले आर्ट र कल्चरमा जुन रुपमा प्रायोरिटी दिनुपर्ने हो, त्यो दिन सकेको छैनन ।’

सो प्रदर्शनीमा नेपालसहित रशिया, इजरायल, क्रोष्टारिका र पानमाको पनि विशेष प्रदर्शनीहरु हुनेछ । नेपालले यसअघि पनि विश्व प्रसिद्ध वेल्ट संग्राहलयमा आफ्नो कला र संस्कृति झल्कने खालका कला प्रदर्शनीमा भाग लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved