मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमै गरे विष सेवन

नेपालभ्युज

मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमै गरे विष सेवन

विराटनगर ।  कटहरी गाउँपालिका–३ का ३२ वर्षीय विनित सोनारले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमै भित्र आत्महत्या प्रयास गरेका छन्। आइतबार अपराह्न करिब ४ बजे प्रशासन परिसरमा किटनाशक औषधि सेवन गरेर आत्महत्या प्रयास गरेका हुन्।

डा. नितेष तिवारीविरुद्ध सोनारकी पत्नी रिता सोनारले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन्।

सोनारको विराटनगर महानगरपालिका–७ स्थित आरके चिल्ड्रेन अस्पतालअगाडि चिया–नास्ताको पसल सञ्चालन गर्दै आएका थिए। पसल चलाउने क्रममा डा. तिवारीसँग ४ वर्षअघि ७ लाख रुपैयाँ ऋण लिएको उनको दाबी छ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो।

छलफलका लागि आएका उनले प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि विष सेवन गरेको प्रहरीले जनाएको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले मिटरब्याज सम्बन्धी निवेदनमा आइतबार दुवै पक्षलाई राखेर छलफल गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved