सुन बरामद प्रकरण : भाग्न लागेका चिनियाँ नागरिक विमानस्थलबाटै पक्राउ

नेपालभ्युज

सुन बरामद प्रकरण : भाग्न लागेका चिनियाँ नागरिक विमानस्थलबाटै पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद गरेको प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएलगत्तै सूचनाका आधारमा चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

प्रहरीका अनुसार उक्त प्रकरणमा हालसम्म दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा गरी ६ जना यसअघि नै पक्राउ परेका छन् ।

उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा सुन बरामद भएको थियो । करिब १ सय किलो हुने अनुमान गरिएको सुनको अहिले तौल लिने काम भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved