ल्याण्डफिल साइटमा औषधि छर्कने काम हुँदै, फोहोर फाल्न भएको अवरोध हट्यो

नेपालभ्युज

ल्याण्डफिल साइटमा औषधि छर्कने काम हुँदै, फोहोर फाल्न भएको अवरोध हट्यो

काठमाडौं। काठमाडौंको फोहोर फाल्न भइरहेको अवरोध हटेको छ । सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम सुरु भएपछि स्थानीयले फोहोर फाल्न गरिरहेको अवरोध अन्त्य गरेका हुन् ।

सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै आन्दोलन रोकिएको हो।

सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको गएरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको छ । फोहरका कारण दुर्गन्ध फैलिँदा र झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित थिए ।

फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए । दुर्गन्ध हटाइ फोहर छोप्ने सहमति भए पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved