त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद, केही व्यक्ति पक्राउ

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद, केही व्यक्ति पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले बुधबार विमानस्थलबाट करिब १ सय किलो सुन बरामद गरेको हो ।

दिउँसो विभागको टोलीले तयारी पोसाक, गार्मेन्टलगायतको कार्गो निरीक्षणका क्रममा ठूलो परिमाणमा सुन फेला पारेको थियो।

उक्त सुन परीक्षणबाट पुष्टि भएपछि विभागको टोलीले अहिले तौल र मूल्याङ्कन गरिरहेको बताएको छ । बरामद भएको सुनको मुल्य एक अर्बभन्दा बढीको भएको विभागको प्रारम्भिक अनुमान छ।

सुन भित्र्याउने कार्यमा संलग्न केही व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ । नेपालमा हालसम्म एकै पटक बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हो ।

बरामद सुन मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको बताइएको छ । उक्त सुन मोटरसाइकलको ब्रेक शु का नाममा बुधबार भन्सार जाँच पास भएको पाइएको छ ।

सुनको यकिन परिमाण निकाल्ने कार्य भइरहेको छ । अधिकारीहरुले ८० देखि १ सय किलोसम्म हुन सक्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved