भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउन अदालतको आदेश

नेपालभ्युज

भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले बुधबार  महानगरको कदमविरुद्ध भद्रकुमारी घले सेवा सदनबाट निषेधाज्ञको आदेश मागसहित दिइएको उजुरीमा सुनुवाई गर्दै  बाँकी संरचना तत्काल नभत्काउन  आदेश दिएको हो ।

‘निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विपक्षीहरुलाई समेत सुनुवाईमा सरिक गराई निष्कर्षमा पुग्नु मनासिव देखिएकोले त्यस प्रयोजनको लागि मिति २०८०/०४/०८ को पेशी तारिख तोकी सो को जानकारी विपक्षीहरुलाई समेत दिई उक्त छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुऱ्याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,’ आदेशमा भनिएको छ ।

यस्तो छ आदेश 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved