ल्यान्डफिल्ड साइटका बासिन्दा र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

नेपालभ्युज

ल्यान्डफिल्ड साइटका बासिन्दा र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

काठमाडौं। ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा र शहरी विकास मन्त्रालयबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र शहरी विकासमन्त्री सीता गुरुङ तथा स्थानीय सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ल्यान्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहराले सरोकारवाला र सरकारबीच भएको छलफल बिनानिष्कर्ष सकिएको बताए । छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयले फोहोरका गाडी रोकिरहेका छन् । बोहराले तत्काल बञ्चरेडाँडामा फोहोरबाट फैलिएको दुर्गन्ध कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताए ।

उनले छलफलमा ल्यान्डफिल्ड साइटबाट १ किलोमिटरसम्म फैलिएका झिँगा नियन्त्रण र माटो क्यापिङ लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताए ।  उनले अतिप्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिएर स्थान्तरण गर्न ईआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए ।

त्यस्तै, ककनी गाउँपालिका वडा न.३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको बताए । उनले अव्यस्थित रूपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म फोहोर बोकेका गाडी साइटमा जान नदिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved