फेसबुक लाइभ गरेर दुई बच्चासहित बाबुले विष पिए

नेपालभ्युज

फेसबुक लाइभ गरेर दुई बच्चासहित बाबुले विष पिए

एजेन्सी । भारतको हनुमानगढ जिल्लाको पिलिबंगा थाना इलाकामा सोमबार एक व्यक्तिले आफ्ना दुई बच्चासहित फेसबुक लाइभ गरेर विष सेवन गरेका छन् ।

स्थानीय पत्रकार पुरुषोत्तम दत्तका अनुसार पिलिबंगाबाट गम्भीर अवस्थामा जिल्ला अस्पताल लैजाँदै गर्दा ३० वर्षीय राजकुमारको मृत्यु भएको हो । दुवै बालबालिकाको उपचार भइरहेको छ ।

घटना प्रत्यक्ष हेरिरहेका गाउँले तुरुन्तै घटनास्थल पुगेर तीनै जनालाई अस्पताल लगेका थिए ।

लाइभ भिडियोमा ती व्यक्तिले आफ्नी श्रीमती, श्रीमतीको कथित प्रेमी र अरूलाई आफू र बच्चाको मृत्युको लागि जिम्मेवार भएको आरोप लगाएका छन् ।

भिडियोमा उनले रुँदै भनेका छन्, ‘हामी साढे दुई वर्षदेखि निकै दुखी छौँ । श्रीमती र उसको प्रेमीले हामीलाई यातना दिन्छन् ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved