काठमाडौं महानगरले बढायो पार्किङ शुल्क-दुईपाङ्ग्रेको प्रतिघण्टा २५

नेपालभ्युज

काठमाडौं महानगरले बढायो पार्किङ शुल्क-दुईपाङ्ग्रेको प्रतिघण्टा २५

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारीसाधन पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुईपाङग्रे सवारीसाधनको प्रतिघण्टा २५ र चारपाङग्रेको ७५ रुपैयाँ निर्धारण गरिएको जानकारी दिइन् ।

न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले दुईपाङ्ग्रे सवारीसाधन आधाघण्टा पार्किङ गरे १५ रुपैयाँ लाग्ने बताइन् । एक घण्टाभन्दा बढी थप हुँदै गए हरेक १५ मिनेटमा ५–५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले जानकारी दिइन् ।

उनका अनुसार चारपाङग्रे सवारीसाधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्योभन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved