गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको हृदयघातबाट निधन

नेपालभ्युज

गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको हृदयघातबाट निधन

काठमाडौं। दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ।

तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंको सहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारी लगिएको थियो।

कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत रहेका तामाङ ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

गौरीशंकर गाउँपालिका– ६ चंखु स्थायी घर भएका तामाङको आज निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका तामाङको आज उपचारका क्रममा गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा निधन भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved