सुदूरपश्चिम प्रदेश : सांसद विकास कोषको बजेटलाई ५ करोड पुर्‍याउने सहमति

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश : सांसद विकास कोषको बजेटलाई ५ करोड पुर्‍याउने सहमति

धनगढी। सुदूरपश्चिम प्रदेशमा सांसद विकास कोषको रकम बढाउने सहमति भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई ३ करोडबाट ५ करोड पुर्‍याउने सहमति गरेका हुन् ।

शनिबार दिउँसो आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरू र सरकारबीच सांसद विकास कोष  तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याउने सहमति भएको हो ।

सरकारको नेतृत्व गरेको दल कांग्रेससहित सबै सत्तारुढ दलहरूले बजेट पारित नगर्ने भन्दै सरकारमाथि दबाब बढाएपछि सरकार बजेट थप्न सहमत भएको हो ।

बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल, प्रमुख सचेतक मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, रामेश्वर चौधरी, कैलाश चौधरी, खुसीराम चौधरी, एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक प्रकाश रावल थिए ।

यसअघि, उनीहरूले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय नै गरेका थिए । बजेट छलफल अघि नै यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने निर्णय समेत गरेका थिए । तर अब सो सहमतिपछि बजेट पारित हुने बाटो समेत खुलेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved