विश्वकप क्रिकेट जित्ने महिला र पुरुष टिमलाई समान पुरस्कार हुने आईसीसीको घोषणा 

नेपालभ्युज

विश्वकप क्रिकेट जित्ने महिला र पुरुष टिमलाई समान पुरस्कार हुने आईसीसीको घोषणा 

एजेन्सी। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पुरुष वा महिला क्रिकेटमा विश्वकप जित्दा समान पुरस्कार राशी हुने घोषणा गरेको छ ।

आईसीसीले विहीबार वार्षिक सम्मेलन पछि पुरुष र महिला दुवै उपाधिको लागि बराबर पुरस्कार राशि घोषणा गरेको हो । यो निर्णय १९ वर्षमुनिको विश्वकपमा पनि लागू हुनेछ ।

“हाम्रो खेलकुदको इतिहासमा यो महत्त्वपूर्ण क्षण हो,  म खुसी छु कि आईसीसी ग्लोबल इभेन्टहरूमा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरहरूलाई अब समान रूपमा पुरस्कृत गरिनेछ,” आईसीसी अध्यक्ष ग्रेग बार्कलेले भने।

२०१७ देखि नै समान पुरस्कार राशिमा पुग्ने कुरामा स्पष्ट ध्यान केन्द्रित गर्दै हरेक वर्ष महिला प्रतियोगिताहरूमा पुरस्कार राशि बढाउँदै आएकोमा अब भने पुरुष र महिलालाई समान बनाइएको उनको भनाई छ ।

विश्वकपमा प्रत्येक खेल जित्ने र उपविजेता, सेमिफाइनलमा पुग्ने र यस्तै अन्य खेलबापत पुरुष र महिला क्रिकेटका टोलीले समान रकम पाउनेछन्।

यस वर्षको सुरुमा महिला टी–२० विश्वकपको विजेता अस्ट्रेलियाले १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको थियो । तर पुरुषतर्फको उपाधि जित्ने इङ्ल्यान्डले भने १६ लाख डलर अमेरिकी डलर पुरस्कार राशि जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved