भारतले आज चन्द्रयान-३ प्रक्षेपण गर्दै, ४८ दिनमा चन्द्रमामा पुग्ने  

पृथ्वीबाट चन्द्रमाको दूरी ३ लाख ८४ हजार ४ सय किलोमिटर छ । यो पार गर्न चन्द्रयान–३ लाई ४६ देखि ४८ दिन लाग्नेछ। चन्द्रमामा यानले अवतरण गर्ने दिन अगस्ट २३ हुन सक्ने अनुमान गरिएको छ ।

नेपालभ्युज

भारतले आज चन्द्रयान-३ प्रक्षेपण गर्दै, ४८ दिनमा चन्द्रमामा पुग्ने   

काठमाडौं। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आज शुक्रबार चन्द्रयान-३ प्रक्षेपण गर्दैछ ।

स्थानीय समयअनुसार २.३५ बजे चन्द्रयान–३ प्रक्षेपण गर्ने हुनेछ । यो प्रक्षेपण आन्ध्र प्रदेशको सतिस धवन स्पेश सेन्टर, श्रीहरिकोटा स्पेसपोर्टबाट हुँदैछ ।

पृथ्वीबाट चन्द्रमाको दूरी ३ लाख ८४ हजार ४ सय किलोमिटर छ । यो पार गर्न चन्द्रयान–३ लाई ४६ देखि ४८ दिन लाग्नेछ। चन्द्रमामा यानले अवतरण गर्ने दिन अगस्ट २३ हुन सक्ने अनुमान गरिएको छ ।

यानको कुल भार ३९०० किलोग्रामको छ । चन्द्रयान–३ अभियानमा कुल ७ अर्ब भन्दा रुपैयाँ बढी लागत लाग्नेछ ।

के हो इसारो ?

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ( आईएसओआर) लाई संक्षिप्तमा ‘इसारो’ भनिन्छ । अनौपचारिक रूपमा यसलाई ‘भारतको नासा’ पनि भनिन्छ । यसको केन्द्रीय कार्यालय कर्नाटकाको बैंगलुरुमा छ । प्रधानमन्त्री कार्यालय मताहत गरेको अन्तरिक्ष विभागको नियन्त्रण र निर्देशनमा यसले काम गर्दछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले यसको प्रत्यक्ष नियन्त्रण तथा निर्देशन गर्दछन् । केन्द्रका प्रमुख अन्तरिक्ष वैज्ञानिक कैलाशोभादीभो सविन छन् ।
इसारो सन् १९६२ मा स्थापित अन्तरिक्ष अनुसन्धानका लागि भारतीय राष्ट्रिय कमिटीको विकसित रूप हो ।

यसका परिकल्पनाकार डा. भीए सराभाई थिए । उनको अनुरोधमा तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले अन्तरिक्ष विभाग र अनुसन्धान केन्द्रको स्थापना गरेका थिए । डा. सराभाईलाई भारतीय ‘अन्तरिक्ष विज्ञानको पिता’ भनिन्छ ।

भारतको चन्द्र अभियान

सन् २००३ मा प्रधानमन्त्री अटलबिहारी बाजपेयीले सन् २००८ भित्र चन्द्रयान–१ प्रक्षेपण गर्ने घोषणा गरेका थिए । अक्टोबर २२ सन् २००८ मा यसको प्रक्षेपण गरिएको थियो । चन्द्रयान–१ ले ३४०० पटक चन्द्रमाको परिक्रमा गरी सूचना पठाउने गर्दथ्यो । यो यान सन् २९ अगस्ट २००९ देखि सम्पर्कविहीन भयो ।

चन्द्रयान–२ भारत र रुसको संयुक्त अभियान थियो । ६ सेप्टेम्बर २०१९ मा प्रक्षेपण गरिएको थियो । यो अहिले पनि चन्द्रमाको अक्षमै छ । यसले करिब ८ वर्ष काम गर्ने अपेक्षा गरिएको छ ।

विक्रम क्र्यासको पीडाः

सन् २०१९ को सेप्टेम्बर ७ तारिख रातको करिब १.४० बजे । चन्द्रयान–२ को लैन्डरलाई विक्रम नाम दिइएको थियो र त्यो क्षण विक्रम चन्द्रमाको सतहमा अवतरण हुन लागेको थियो । बैंगलुरु स्थित इसरो नियन्त्रण कक्षमा प्रधानमन्त्री मोदी आफैँ उपस्थित थिए । उनीलगायत संलग्न वैज्ञानिकहरू विक्रमको अवतरण स्क्रिनमा नियाली रहेका थिए ।

करिब ११ वर्षको मेहनतले बनेको विक्रम ४७ दिनको यात्रा तय गरेपछि दूर्घटनाग्रस्त भएको थियो । विक्रम क्र्यास भएको दृष्यले इसरो प्रमुख के. सिभन रोएका थिए प्रधानमन्त्री मोदीले उनलाई ढाडस दिने प्रयत्न गरेका थिए ।

चन्द्रयान–३ त्यही अधुरो योजनाको प्रतिफल हो । चन्द्रयान–३ चन्द्रमामा अवतरण हुन सफल भएकमा यस कार्यमा सफलता पाउने भारत अमेरिका, रुस र चीनपछिको चौथो देश हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved