शाखा अधिकृतको परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

नेपालभ्युज

शाखा अधिकृतको परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । लोक सेवा आयोगले यही असार १६ गते लिएको लिखित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी  १५ हजार ९८४ जना परीक्षार्थीहरुमध्ये ५ हजार ९६७ जना पास भएको आयोगले जनाएको छ । यस्तै १० जना परीक्षार्थीले उत्तरपुस्तिकामा की उल्लेख नगरेका कारण परिक्षा रद्द भएको बताइएको छ ।

पहिलो चरणमा पास भएकाहरु साउन २५ गते हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने आयोगले जनाएको छ ।

आयोगका अनुसार  उनिहरु साविककै प्रवेशपत्रबाट आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, र दिपायल कार्यालयहरुले तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुन पाउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved