कालो चना कसले र कहिले खानु हुँदैन ?

नेपालभ्युज

कालो चना कसले र कहिले खानु हुँदैन ?

एजेन्सी । कालो चना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर केही परिस्थितिहरुमा यसलाई खानु नोक्सानदायक पनि हुन सक्छ । आउनुहोस् जानौं कालो चना कतिबेला र कस्तो अवस्थामा खानु हुँदैन भनेर–

  • यदी तपाईंलाई पेटसँग जोडिएको समस्या जस्तै पखाला, मासी आदि भइरहेको छ भने कालो चना खानु हुँदैन । यस्तोमा चना खाँदा समस्या झनै बढ्न सक्छ ।
  •  यस्ता व्यक्ति जसलाई मटर, राजमा, दाल आदि जस्ता चिज खाँदा एलर्जी हुन्छ, त्यस्तो व्यक्तिले पनि कालो चना खानबाट बच्नुपर्छ । यस्तो स्थिामिा कालो चना खाँदा एलर्जी आउने सम्भावना हुन्छ ।
  •  कैयौं पटक चिकित्सकहरुले पनि हृदयका विरामीहरुलाई बीटा ब्लकर्स जस्ता औषधी दिन्छन्, जसले रगतमा पोटाशियम बढाउने गर्छ । त्यहीँ चनामा पनि भरपूर मात्रामा पोटाशियम हुन्छ । यस्तोमा कालो चनाको सेवन गर्नबाट बच्नुपर्छ वा सीमित मात्रामा खानुपर्छ ।
  • ज्वरो आएको बेला खासगरी शरीर कमजोर भइरहेको हुन्छ । यस्तोमा कालो चना खाँदा शरीरलाई पचाउन अलि समय लाग्छ जसले गर्दा शरीरलाई धेरै एनर्जी लगाउनु पर्छ । त्यसैले यस्तो अवस्थामा कमजोरी घट्नु भन्दा बढ्न सक्छ ।
  •  कालो चनामा अक्सालेट्सको मात्रा हुन्छ । यसले शरीरमा क्याल्सियमसँग मिलेर किड्नी स्टोनको समस्यालाई बढाउन सक्छ । त्यसैले यदी तपाईंलाई पहिलेदेखि नै किड्नीमा स्टोन छ भने कालो चना नखानुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved