कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

थापाले आज अपरान्ह मात्रै गठबन्धन दलका ४६ सांसद र सभामुख बाबुराम गौतमको समेत ४७ जनाको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

नेपालभ्युज

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले आज अपरान्ह मात्रै गठबन्धन दलका ४६ सांसद र सभामुख बाबुराम गौतमको समेत ४७ जनाको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

यसपछि प्रमुख खापुङले थापा संविधान १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री थापाले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

कोशी प्रदेश : उद्धव थापाले गरे मुख्यमन्त्रीमा दाबी पेश, सभामुखको पनि हस्ताक्षर संलग्न

कोशीमा सरकारका निम्ति सभामुखको प्रयोग, कानूनविद् भन्छन्- संसदीय व्यवस्थाको मृत्युसरह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved