कोशी प्रदेश : उद्धव थापाले गरे मुख्यमन्त्रीमा दाबी पेश, सभामुखको पनि हस्ताक्षर संलग्न

नेपालभ्युज

कोशी प्रदेश : उद्धव थापाले गरे मुख्यमन्त्रीमा दाबी पेश, सभामुखको पनि हस्ताक्षर संलग्न

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । गठबन्धन दलका ४७ सांसदको हस्ताक्षर लिएर थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

निर्धारित समयभित्रै थापाले प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरेका हुने । हस्ताक्षर गर्नेमा सभाका सभामुख बाबुराम गौतमसमेत छन् । नेकपा (माओवादी केन्द्र) की सांसद गीत तिम्सीना भनिन्, “सभामुखसहित ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरिएको छ ।”

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने सरकार निर्माणमा सभामुखको हस्ताक्षरको दुरुपयोग गर्न नहुने बताएका छन् । यसअघि उनीहरूले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर सभामुख गन्न नहुने भन्दै ज्ञापनपत्र बुझाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved