प्रधानमन्त्रीको राजीनामा माग्दै गण्डकी प्रदेशसभामा पनि एमालेको अवरोध

नेपालभ्युज

प्रधानमन्त्रीको राजीनामा माग्दै गण्डकी प्रदेशसभामा पनि एमालेको अवरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठकमा पनि अवरोध गरेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रियसभा र संघीय संसदमा अवरोध गर्दै आएको एमालेले बिहीबार गण्डकी प्रदेशसभामा विरोध गरेको हो ।

एमालेको अवरोधपछि बैठक स्थागित भएको छ । एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक बैठक स्थगित भएको छ ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक पनि चल्न नदिने बताउँदै आएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved