१५ वर्षीया छात्रालाई शिक्षकले ‘पिल्स खायौ त’ भन्दै म्यासेज गरेपछि…

नेपालभ्युज

१५ वर्षीया छात्रालाई शिक्षकले ‘पिल्स खायौ त’ भन्दै म्यासेज गरेपछि…
  • – ‘बुढी पिल्स खायौ त ?’
  • – ‘खाको छैन बाबा । कस्तो पेट दुखिराछ। प्रेगनेन्ट भएँ कि भन्ने डर लागिराछ।’

झट्ट हेर्दा यो संवाद लाग्छ पतिपत्नी बीचको च्याट हो भन्ने। तर, एक शिक्षक र विद्यार्थीको बीचको हो। त्यो पनि नाबालिग विद्यार्थीसँग एक गणित शिक्षकले म्यासेन्जरमा गरेको च्याट हो।

ललितपुरको शंखमूलस्थित लिटल फ्लावर पब्लिक स्कुलका शिक्षकले छात्रालाई पठाएका थिए म्यासेज। १५ वर्षीया छात्राले जवाफ फर्काएकी हुन्। उनीहरूबीच दैनिक लामै संवाद हुँदैआएको थियो। बागलुङ घर भएका उनी एक वर्षअघि मात्रै विद्यालयमा शिक्षक नियुक्त भएका थिए।

दुईबीचको च्याट हेर्ने हो भने नाबालिग छात्रा शिक्षकबाट यौन दुर्व्यवहारमा परेको बुझ्न कठिन छैन। कक्षा ९ मा पढ्ने १५ वर्षीया छात्रालाई शिक्षकले पठाएका शंकास्पद म्यासेज हेर्ने हो भने झन् चकित परिन्छ।

आफ्नी छोरीको च्याट बक्समा शिक्षकले अश्लील फोटो र म्यासेज पठाएको भेटेपछि परिवारजनले प्रहरी गुहारेका छन्। सुरुमा छात्राकी दिदीले म्यासेज भेटिन्। शिक्षकसँग बहिनीको आपत्तिजनक फोटो भेटेपछि आमालाई सुनाइन्।

त्यसपछि आमाले शिक्षकलाई बोलाएर सम्झाइन्। तर पछि शिक्षकले छात्रासँग नग्न भएर खिचेका केही फोटो पनि भेटियो। शिक्षकले छात्रालाई चुम्बन गरेको मात्र होइन सँगै बियर खुवाएका रहेछन्।

सँगै बसेर मदिरा पिएकोदेखि हुक्का तानेकासम्म भिडिओ भेटेपछि अभिभावकलाई दुईबीच के-के भयो भन्ने थाहा पाउन गाह्रो भएन। परिवारले शिक्षकविरुद्ध जबरजस्ती करणीमा जाहेरी दिने तयारी गरेका छन्।

कानुनतः १८ वर्ष मुनिको नाबालिगसँग सहमतिमा पनि सम्बन्ध राख्न पाइँदैन। विद्यार्थीसँगको अनुचित म्यासेज र फोटो देखेपछि विद्यालयले शिक्षकलाई निकालेको छ। अभिभावकले भने कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

यो विषयमा मंगलबार अभिभावक विद्यार्थी र विद्यालय प्रशासनबीच छलफल भएको थियो। प्रहरी समेतको प्रवेशले विद्यालयमा तनावपूर्ण माहोल बनेको थियो। प्रिन्सिपल दिलीपकुमार श्रेष्ठले शिक्षकलाई निष्कासन गरिएको र  कानुनी कारबाही गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved