कोशी प्रदेश : नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी

नेपालभ्युज

कोशी प्रदेश :  नयाँ सरकार गठनका लागि आव्हान गर्ने  तयारी

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुखले एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी गरेका छन् ।

यसअघि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुख  पर्शुराम खापुङ कानुनी परामर्शमा रहेका थिए ।

परामर्शपछि प्रमुख खापुङले  आइतबार  नयाँ सरकार गठनका लागी आव्हान गर्ने प्रदेश कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले बताए ।

संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै  संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले अडान राख्दै आएको छ भने  विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठन  गठन हुनुपर्ने बताइरहेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट फेल भएसँगै एमाले नेतृत्वको सरकार ढलेको हो ।

 


Comment

One thought on “कोशी प्रदेश : नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved