बारामा भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद

नेपालभ्युज

बारामा भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद

काठमाडौं। बाराको जितपुर सिमरा उप-महानगरपालिका–७ बाट प्रहरीले २ सय ६२ केजी गाँजा बरामद गरेको छ । जितपुर सिमरा उप–महानगरपालिकास्थित जितपुर-वीरगञ्ज सडक खण्डमा पार्किङ गरेर राखेको बिआर–२५ जिए १४५८ नम्बरको उक्त भारतीय ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको प्रहरीले बताएको हो।

असार १४ गतेदेखि जितपुर–वीरगञ्ज सडकमा पार्किङ गरेर छाडेको उक्त गाडीमा  इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गर्दा  गाँजा फेला परेको थियो ।

उक्त भारतीय ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगञ्ज भन्सारबाट नेपालतर्फ खाली आएको सो ट्रक गाँजा लिनकै लागि मकवानपुर पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

ट्रक चालक र धनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved