टीभीएसले ल्यायो ‘नयाँ सफर बिना कर अफर’

नेपालभ्युज

टीभीएसले ल्यायो ‘नयाँ सफर बिना कर अफर’

काठमाडौं। नेपालमा सर्वाधिक रुचाइएको दुईपाङ्ग्रे सवारी साधन कम्पनी टीभीएसले नयाँ खरिदकर्तालाई लक्षित गरि ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टीभीएस आफैंले तिर्नेछ । टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देशभित्रका सबै ठाउँ लागू गरिसकेको जनाएको छ । साथै, प्रयोगकर्ताहरू दुई वर्षको कर तिर्नुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् ।

यसबाहेक टीभीएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ, जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।

जगदम्बा मोटर्स प्रा. लि नेपालमा टीभीएसका दुईपाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १५० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, बिक्रीपश्चात् उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्रान्डका रूपमा स्थापित बन्न पुगेको कम्पनीको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved