सामसङले ल्यायो इन्स्टा फाइनान्स पावर्ड बाई हुलास फिन सर्भ

नेपालभ्युज

सामसङले ल्यायो इन्स्टा फाइनान्स पावर्ड बाई हुलास फिन सर्भ

काठमाडौं। सामसङले आफ्ना उपभोक्ताहरूका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरूका लागि लागू गरिएको छ । यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरूले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुर्‍याउनु रहेको छ ।

स्मार्टफोन आजका दिनमा नभै नहुने अत्यावश्यक सामग्री भइसकेको छ । मानिसहरू आफ्नो फोनमा यति निर्भर रहने भैसकेकी स्मार्टफोन बिनाको जीवनको परिकल्पना पनि गर्न नसक्ने भइसकेका छन् । यसका अतिरिक्त, विश्व अब डिजिटलमय हुँदै गैरहेको छ, र मानिसहरू अझ धेरै प्राविधिक रुपमा एड्भान्स हुँदै गएका छन्, यस्तो अवस्थामा अझ राम्रो स्मार्टफोनहरूको माग दिनप्रति दिन बढीरहेको छ ।

मानिसहरू स्तरीय स्मार्टफोन किन्न लालायित छन् तर उनीहरू आफ्नो खर्चको सीमाको कारण बाँधिएका छन् । यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरूको स्तरोन्नतिमा सहायता पुर्‍याउन हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको छ । सामसङ इन्स्टा फाइनान्स एक झँझट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शून्य रहेको छ ।

सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?

यो अत्यन्त सरल, झँझटरहित, र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत जरुरुत पर्ने छैन । ग्राहकहरूले केही सामान्य प्रक्रियाहरू पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्दछन् । ग्राहकहरूले आवश्यक कागजातहरू (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र)सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानुपर्नेछ ।

यसरी उपलब्ध गराइएका कागजाताहरू प्रमाणीकरण भएपछि ग्राहकहरूले कानूनी कागजातहमा हस्ताक्षर गर्नुपर्नेछ, त्यस पश्चात् उनीहरूले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम ग्राहकहरू र स्मार्टफोन रिटेलरहरू दुवैको लागि लाभदायक हुने छ । ग्राहकहरूले सजिलै ऋण सुविधा पहुँच गर्न सक्दछन, न्यूनतम शुल्कमा नै आफ्नो रोजाइको स्मार्टफोनहरू खरिद वा अपग्रेड गर्न सक्दछन भने स्मार्टफोन रिटेलरहरू पनि अझै धेरै स्मार्ट फोनहरू बेचेर आफ्नो व्यापार बढाउन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved