विपद्‌बाट हालसम्म १० जनाको मृत्यु र २६ जना बेपत्ता भएको जानकारी प्रतिनिधिसभामा गराइयो

नेपालभ्युज

विपद्‌बाट हालसम्म १० जनाको मृत्यु र २६ जना बेपत्ता भएको जानकारी प्रतिनिधिसभामा गराइयो

काठमाडौं। विपद्का घटनाबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ। यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको हो।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए।

त्यस्तै, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरूपमा क्षति भएको उनले बताए। उनले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताए।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहतसम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्डअनुरूप तत्काल पुनर्स्थापनाका लागि रकम उपलब्ध गराइने पनि बताए।

राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारले स्थानीय तह लगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको उनकाे भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved