एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरू

नेपालभ्युज

काठमाडौं। एनसेलले आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरू ल्याएको छ । एनसेलका सबै ग्राहकले अब नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरूबाट फाइदा लिन सक्छन् ।

एनसेल आजियाटाले ग्राहकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरी तीन अनलिमिटेड भ्वाइस प्याकहरू संचालनमा ल्याएको जनाएको छ ।

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू बिहीबारबाट सञ्चालनमा आएका हुन् ।

आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् ।

१ दिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले कर सहित मात्र २५ रुपैयाँमा बिहान ५ बजे देखि साझँ ५ बजे सम्म नेपालका देशका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

ग्राहकले सजिलै *१७११८*१*५# डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी, *१७११८*३*४# डायल गरि एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित मात्र ३० रुपैयाँमा सुचारु गर्न सक्छन् ।

एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरूले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको करसहित १५० रुपैयाँ पर्दछ । ग्राहकले *१७११८*४*३# डायल गरि यो प्याक सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरू ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट जुन सुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरूले ठूलो महत्त्व राख्ने विश्वास एनसेलले राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved