सामुदायिक विद्यालयका कर्मचारी पुनः आन्दोलित (तस्वीरहरू)

सामुदायिक विद्यालयका कर्मचारी पुनः आन्दोलित (तस्वीरहरू)

काठमाडौं। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आज भद्रकालीदेखि माइतीघरसम्म विरोध प्रदर्शन गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आफ्ना माग नीति तथा कार्यक्रममा समावेश भएको, तर बजेटमा समावेश नभएको भन्दै, नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ लागू गर्न सरकारलाई दबाब दिने उद्देश्यसहित प्रदर्शन गरेको हो।

गत भदौ १ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेल नेतृत्वमा मन्त्रिस्तरीय निर्णय भएको विद्यालयको दुई तहको कर्मचारीको सहायक लेखापाल र विद्यालय सहयोगीलाई नेपाल सरकारको निजामति सरहको खरदार र कार्यालय सहयोगी सरहको सेवा सुविधा दिने नीतिगत निर्णय गरिसक्दा पनि अर्थमन्त्रालयले अझै आनाकानी गरेको उनीहरूको आरोप छ।

आजको प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँकी प्रदर्शनकारीहरू माइतीघरमा प्रदर्शनरत छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved